तुलसीपुरमा विद्यालय अनुपस्थित हुने विद्यार्थी धेरै

 फागुन ०६, २०७७

तुलसीपुर ।

तुलसीपुर असर प्रतिवेदन २०७६ को सार्वजनिक गरिएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजना गरेको तुलसीपुर असर प्रतिवेदन २०७६ सार्वजनिक तथा एकीकृत शिक्षा सुधार परामर्श कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । सार्वजनिक प्रतिवेदनमा साुमदायिक विद्यालयमा विद्यार्थी अनुपस्थितीको संख्या धेरै रहेको थियो ।

त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारी विद्यालयमा अनुपस्थिती हुने विद्यार्थीको संख्या डरलाग्दो रहेको हुदा सुधारका लागि योजना बनाएर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो । सिकाई सुधारका लागि विद्यालयमा पढ्ने वतावरण तयार हुनुपर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । कार्यक्रममा उपमहागनरपालिकाका शिक्षा सल्लाहकार शिशिर खनालले तुलसीपुर असर प्रतिवेदन २०७६ को विषयमा प्रष्ट पार्नुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पान्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिय दलित आयोगका अध्यक्ष देबराज विस्वकर्मा, विघटित प्रतिनिधिसभा सदस्य सुजिता साक्य, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकत भाष्करराज गौतम, गुरुजजुर माध्यमिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक विष्णुकुमारी केसी, माध्यामिक विद्यालय सेन्टरका भागवत पौडेल, निजी विद्यालयको तर्फबाट प्रकाश शर्मा, गोर्खा बोर्डिङ स्कुलका प्राचार्य विजय जिएम लगाएतले प्रतिवदेनका माथि टिप्पणी गर्नु भएको थियो ।

उप्रमुख माया आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारीले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया