थबाङमा घर निर्माण सम्बन्धी विधेयक पारित

 फागुन ०८, २०७७

रोल्पा ।

थबाङ गाउँपालिकाको ८औँ हिउदे गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न सभाबाट विभिन्न आयोजनाहरुको संशोधन भएको छ भने थबाङ गाउँपालिका घर निर्माण अनुमति प्रक्रियाको विधेयक २०७७ पारित भएको छ । उपाध्यक्ष रामकिरणी रोकाले संशोधित आयोजनाहरुको सुची प्रस्तुत गर्नु भएको थियो भने थबाङ गाउँपालिका घर निर्माण अनुमति पक्रियाको विधेयक २०७७ को कार्यपालिका सदस्य पुनबहादुर वि क ले प्रस्तुत गर्नुभएको थियो ।

गाउँसभाबाट थबाङ गाउँपालिका वडा नं १ को दाङजा मोटरबाटो मर्मत निर्माण आयोजनालाई संशोधन गरेर चिटिबाङ मिनिग्रिड निर्माणमा लागत सहभागिता, वडा नं २ को डस्बिन खरिद योजनालाई टोल विकास संस्था गठन र सरसफाई समाग्रीवितरण, वडा नं ५ को तेराङगी मोटरबाटो आयोजनालाई संशोधन गरेर घोरेटो बाटो निमार्ण लागयतका १४ वटा आयोजनाहरुको रकमान्तर गरिएको छ ।

तपाईंको प्रतिक्रिया