आयोगको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

 फागुन ०८, २०७७

तुलसीपुर ।
वैशाखको निर्वाचनका लागि तयारी प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसँग असन्तुष्टि जनाउनुभएको छ । आयोगसँगको केही समयअघि भएको भेटमा त्यहाँका पदाधिकारीले तयारी अगाडि बढाएको बताए पनि हालसम्म पनि निर्वाचन कार्यक्रम सार्वजनिक नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले कमलादीमा हिजो आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उहाँले यस्तो उल्लेख गर्नुभएको हो ।

निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताउनुभयो ।

तपाईंको प्रतिक्रिया