बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

 फागुन ०८, २०७७


पाल्पा । पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको हो।

पवित्राको घटनास्थमै र मायादेवीको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वखोला गाउँपालिका ४ को छेबकुनस्थित बालुवा खानीमा शनिबार दिउँसो बालुवा खन्ने क्रममा अचानक माथिबाट ढिस्को खसेको थियो। दुवै जना ढिस्कोमा पुरिएका थिए।

तपाईंको प्रतिक्रिया