तुलसीपुरमा आज पनि कोरोना खोप लगाईने

 फागुन ०९, २०७७

तुलसीपुर ।

तुलसीपुरमा हाल सम्म २ हजार ८ सय ९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । गएको माघमा स्ुरु भएको पहिलो चरणको अभियान अन्र्तगत हाल सम्म उनिहरुलाई खोप लगाइर्एको हो । पहिलो प्राथमिकतामा श्वास्थ्यकर्मि,महिला स्वंयसेविका, शव बाहनमा खटिएका कर्मचारीले खोप लगाएका थिए । यस्तै दोस्रो प्राथमिकतमा परेका सरकारी कर्मचारी,जनप्रतिनिधी ,बैंकका कर्मचारी,पत्रकारलाई सरकारले खोप दिन सुरु गरेको थियो ।

जस अनुसार तुलसीपुर क्षेत्रमा शनिवार १६९ जनाले खोप लगाएका थिए । अन्तीम दिन हिजो भएतापनि आज पनि खोप लगाउन छुटेकाहरुलाई खोप दिईने कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया