नागरीक सगैं प्रहरीले संयुक्त गस्ती गर्दै

 फागुन ०९, २०७७

तुलसीपुर ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार समाजमा शान्ति सुरक्षा कायम राख्न ईलाका प्रहरी कार्यालय तुलसीपुरले टोल सुरक्षा समितिहरू संग मिलेर संयुक्त गस्ति गर्ने अभियान चलाएको छ ।
समाजका हरेक समस्याको पहिचान गरी अपराध न्युनिकरण गर्न र गतिविधिको सुचना संकलन गरी प्रहरीको पहुँच सम्म पुयाउनको यो अभियान चलाइएको प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिनुभया ।

सम्पुर्ण प्रहरी युनिटका इन्चार्जलाई टोल सुरक्षा समिति संग सयुक्त गस्ति गर्न निर्देशन दिए संगै प्रहरी र जनता मिलेर रात्री कालीन ड्युटि गर्न थालिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले गठन गरेका टोल सुरक्षा समिति मध्य कतिपय समितिले सुरक्षा समितिको पोसाक समेत निर्माण गरी प्रहरी संग संयुक्त गस्ति थालेका छन । हाल तुलसीपुरका १७ वटा प्रहरी युनिटहरूले जनता संग राति निरन्तर २(३ घण्टा घस्ति गर्ने गरेका छन ।।

तपाईंको प्रतिक्रिया