दलित मुक्ति संगठन तुलसीपुरको प्रथम भेला

 फागुन ०९, २०७७

तुलसीपुर ।

नेपाल दलित मुक्ति संगठन तुलसीपुर स्तरीय एकताको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले प्रकास परियार संयोजक र गौरी नेपाली सह संयोजक रहेको ४१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ । प्रकाश परियारको अध्यक्षता तथा नेकपाका लुम्बिनी प्रदेश सह इन्चार्ज भागबत बिस्वासीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै उनले समाजमा सबैभन्दा बढी योगदान गर्ने र सिपले दक्ष दलित भनेर अपमान गरिएको हुदा सचेत रुपले अघि बढनुपर्नेए बताएका थिए ।

उनले जात ब्यबस्था नै यो समाजको मुख्य बाधक भएको हुदा यसको अन्त्य नहुदा सम्म छुवाछूतको अन्त्य नहुने बताए । भेलामा किसान महासघका स्थायी समिति सदस्य शेसुराम भण्डारी ,पुर्ब नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सचीव राधिका परियार , माक्र्सवादी ज्ञान् केन्द्रका केन्द्रिय सदस्य आजाद खड्का ,नेपाल दलित मुक्ति सगठनका जिल्ला सयोजक टक सुनार, सह सयोजक हिरालाल सुनार सारथि, नेताहरु मानसिङ सुनार,दिल श्रीपाली ,डिल्ली डागी लगायतले बोलेका थिए ।

नेपाल दलित मुक्ति सगठन दाङका जिल्ला सचिवालय सदस्य लाल बहादुर बिकको स्वागत मन्तव्य बाट सुरु भएको भेलाको सन्चालन दाङ जिल्ला सचिवालय सदस्य डिला परियारले गरेकि थिईन ।

तपाईंको प्रतिक्रिया