तुलसीपुरमा ३ हजार बढिले खोप लगाए

 फागुन १०, २०७७

तुलसीपुर ।

तुलसीपुरमा कोरोना विरुद्धको दोस्रो समुहको खोप कार्यक्रम आज सकिएको छ । आज मात्रै ७८ जनाले खोप लगाएका छन । यो संगै तुलसीपुरमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ। अघिल्लो माघ महिनाको र यस पटकको खोप पाउने संख्या ३ हजार १ सय ८२ जनाले खोप लगाएका छन ।

अव तेस्रो समुहको खोप २३ गते देखि शुरुवात हुने कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया