नेकपाले सम्झियो स्वर्गीय ओलीलाई

 फागुन १०, २०७७

तुलसीपुर ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपा कम्युनिष्ट पाटी (नेकपा) ले स्वर्गिय उत्तर कुमार ओलीको स्मृति दिवश श्रीगाउँमा मनाएको छ । नेकपा दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा भुमि आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा बोल्ने बत्ताहरुले राजनिति लाई जनताको सेवाका रुपमा अघि बढाउनुभएका ओलीको निधनले पार्टि र समाजलाई अतुलनिय क्षती पुगेको बताएका थिए । त्यस अवसरमा नेकपाका नेताहरु धमकली चौधरी,विबेक श्रेष्ठ,एम एन शाह लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभामा निर्वाचित वलीको निधन भएको आज दुई वर्ष पुगेको हो । लुम्बिनी प्रदेश सभा सदस्य वलीको सवारी दुर्घटनामा परि २०७५ फागुन १० गते निधन भएको थियो । बुटवलबाट तुलसीपुर तर्फ आउदै गर्दा घोराही–लमही सडक खण्ड अन्तर्गत चिसापानी स्थित उनी सवार गाडी २०७५ माघ २४ गते दुर्घटनामा परेको थियो ।

तपाईंको प्रतिक्रिया