दंगिशरणको पाँच नम्बर वडाले नि:शुल्क रुपमा लोकसेवा कक्षा पढाउदै

 फागुन १०, २०७७

तुलसीपुर ।

पश्चिम दाङको दंगिशरण गाउँपालीका वडा नम्बर ५ ले लोकसेवा तयारी कक्षा निशुल्क रुपमा पढाउने भएको छ । वडा भित्रबाट लोक सेवाको तयारीमा रहेकाहरुलाई थप ज्ञान प्रदान गर्न कार्यक्रम अघि सारीएको वडाध्यक्ष दिपक गौतमले जानकारी दिनुभएको छ ।

चालु आर्थिक बर्षको ८० हजार बजेट बाट उक्त कक्षा सञ्चालन गर्न लागिएको हो । अहिले वडाले ईच्छुकबाट आवेदन मागेको छ । फागुन १४ गते सम्म आवेदन दिन सकिने वडा सचिव प्रेम प्रकाश चौधरीले जानकारी दिनुभयो । ३ महिना सम्म सञ्चालन हुने तयारी कक्षामा एसईई पास र आइएड उतिर्ण गरेकाहरुले आवेदन दिन सक्ने सचिव चौधरीले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया