तुलसीपुर खानेपानीकाे निर्वाचन फागुन २२ मा

 फागुन ११, २०७७

तुलसीपुर । तुलसीपुर खानेपानी उपोभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन फागुन २२ गते हुने भएको छ । निर्वाचन समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन ११ गते मतदाता नामावली प्रकाशित,१४ गते उम्मेद्धारको मनोनयन पत्र दर्ता,१५ गते उम्मेद्धारको नामावली उपर दावि विरोध,१६ गते उम्मेद्धारको नामावली फिर्ता,१६ गते दिउसो ३ बजे उम्मेद्धारलाई मतदान चिन्ह प्रदान र फागुन २२ गते विहान साढे ७ बजेदेखि मतदान सुरु हुने निर्वाचन संयोजक मोहन प्रसाद धितालले जानकारी दिनुभयो । तीन वर्षे कार्यकालका लागि ७ हजार २ सय ४६ मतदाताले खानेपानीको नेतृत्व चुन्ने छन् ।

तपाईंको प्रतिक्रिया