प्यूठानमा सवारी कारबाहीबाट १९ लाख राजश्व संकलन

 फागुन १२, २०७७


शुसिला बुढा मगर, प्युठान ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षको हालसम्म सवारीसाधन कार्वाहीबाट १९ लाख ८३ हजार ५ सय रुपियाँ राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लघन गर्ने ३ हजार ४ सय सवारी साधन चालकबाट उक्त रकम संकलन भएको ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ । क्षमताभन्दा धेरै यात्रुहरु राख्ने, छतमा यात्रु राखेमा, आवश्यक कागजपत्र नलिई र हेलमेट नलगाई मोटरसाइकल चलाएको खण्डमा ट्राफिक नियम अनुसार कार्वाही गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी हवल्दार गिर वहादुर केसीले जानकारी दिनुभएको छ ।

त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा ६ हजार ४ सय ७१ सवारी साधन कार्वाहीबाट ३६ लाख ४८ हजार ५ सय रुपियाँ र आर्थिक वर्ष ०७५/०७६ मा ६ हजार ४ सय ७५ सवारी कार्वाहीबाट ३५ लाख ७ हजार राजश्व संकलन भएको थियो ।

सात महिनामा १३ जनाको मृत्यु
यस्तै,चालु आर्थिक वर्षको सात महिनामा सवारीसाधन दुर्घटनामा परी १३ जना व्यक्तिले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा १२ जना पुरुष र १ जना महिला जना रहेकी छिन्। त्यस्तै यस अवधिमा सवारी दुर्घटनामा परी सात जना गम्भिर घाईते भएका छन् भने तीन जना सामान्य घाईते भएका छन । त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा २२ सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए भने दुर्घटनामा परी १५ जना गम्भिर घाइते र १२ जना सामान्य घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थान प्युठानले दुर्घटना न्युनीकरणका लागि चालु आर्थिक वर्षमा सड्क सुरक्षा अभियानका कार्यक्रमहरु जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको ट्राफिक प्रहरी प्रमुख केसीको भनाई छ ।

ट्राफिक प्रहरीले जनपथ प्रहरीसंग समन्वय गरी चालक, सहचालकले यात्रुहरुलाई गर्नुपर्ने सभ्य र शिष्ट व्यवहारका बारेमा पनि छलफल गरेको उहाँले बताउनुभयो । त्यस्तै ग्रामिण क्षेत्रका सडकहरुमा गती सीमित गर्न, हर्नको प्रयोग गर्न , गाडी आफ्नो संरक्षक बन्दै चालक चलाउन, मापसे नगरी सवारीसाधन चलाउन, लाईसेन्स विना सवारी साधन नचलाउन, अनावश्यक पार्किङ्ग नगर्न आग्रह गरिएको उहाँको भनाई छ ।

तपाईंको प्रतिक्रिया