थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

 फागुन १२, २०७७

काठमाडौं ।

बुधबार नेपालमा थप ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ ।

पछिल्लो २४ घन्टामा ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६६ पुगेको छ।

तपाईंको प्रतिक्रिया