चार पत्रकार प्रेस काउन्सिलको सदस्यमा नियुक्त

 फागुन १३, २०७७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल प्रेस काउन्सिलको सदस्यमा चारजना पत्रकारलाई नियुक्त गरेको छ ।

मन्त्री पार्वत गुरुङको मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भएका चारैजना सदस्यलाई काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विहीवार औपचारिक रुपमा स्वागत गरेका छन् ।

सदस्य नियुक्त हुनेमा झापाका गणेश पोखरेल, कन्चनपुरका हरिप्रसाद जोशी, दोलखाका चिरन्जिवी मास्के र दाङका शरद अधिकारी छन् । अधिकारी राप्ती पाेष्ट दैनिकका सम्पादक तथा प्रकाशक हुन । यि चारैजना क्रियाशील पत्रकार हुन् ।

तपाईंको प्रतिक्रिया