नेपोली युरोपा लिगबाट बाहिरियो

 फागुन १४, २०७७

एजेन्सी ।

इटालियन क्लब नेपोली घरेलु मैदानमा जित दर्ता गरेपनि युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएको छ । बिहीबार ग्रानडालाई २-१ ले हराएपनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली अन्तिम १६ मा पुग्न सकेन । पहिलो लेगमा नेपोली २-० ले पराजित भएको थियो ।

२५ अौं मिनेटमा एन्जल मोन्टोरोले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले महत्त्वपूर्ण अवे गोल गरेपछि नेपोलीलाई खेल जित्न तीन गोल आवश्यक पर्यो । ५९ अौं मिनेटमा फाबियानले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरे । थप गोल हुन नसक्दा ग्रानडा प्रि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

यस्तै प्रतियोगितामा एसी मिलानले घरेलु मैदानमा रेड स्टार बेलग्रेडसँग १-१ को बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनायो । पहिलो लेगमा २-२ को बराबरी भएपछि मिलान अवे गोलको आधारमा अघि बढेको हो ।

तपाईंको प्रतिक्रिया