दाङका यि शिक्षक मृत भेटिए

 फागुन १४, २०७७

तुलसीपुर । दाङमा एक शिक्षक आफ्नै घरको आगंनमा मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका-१० सौंडिकुला निवासी अन्दाजी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

घिमिरेका अनुसार घिमिरे लमडरुवा माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइती गएकोले उनी बिहीबार राति एक्लै घरमा रहेको प्रहरीले बताएको छ । साथै उनको घरको दोस्रो तल्लाबाट लडेरे मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बताएको छ ।

घिमिरेको कोठाको प्रकृति हेर्दा राति उनले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ । मदिरा सेवन गर्दै गर्दा शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने डिएसपी रिजालले जानकारी दिए । त्यस्तै पोष्टमार्टम रिपोर्टपछि मात्रै थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया