नेकपाका नेताहरु एकताको पक्षमा

 फागुन १५, २०७७

तुलसीपुर ।

संसद पुर्नस्थापना भएसँगै विभाजन भएका नेकपाका दुई समूह मिल्नुको विकल्प नभएको भन्दै नेकपा भित्रकै केही नेताहरु एकताको पक्षमा उभिएका छन् । पार्टी उपाध्यक्ष बामदेब गौतमले पुनः एकताको लागि दुबै पक्षका नेताहरुसँग छलफल तथा भेटघाट गरिरहनुभएको छ । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो भेटेरनेता गौतमले पार्टी एकतालाई बल पुग्ने गरी निर्णय लिन आग्रह गर्नुभयो । नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताउनुभएका गौतमले हिजो प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गनुृभएको थियो ।

नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गर्नुभएको छ । प्रचण्ड–नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले भने दलको बिधान अनुसार आफुहरु अगाडी बढ्ने बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया