दलित समुदायमा शैक्षिक जागरणको आवस्यकता: विश्वकर्मा

 फागुन १६, २०७७


तुलसीपुर ।
राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माले दलितहरुको जिवनमा परिवर्तन ल्याउन शिक्षाको आवश्यकता भएको बताउनुभयो । राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालाई पहिलो प्राथमिकता दियो भने मात्र समग्र दलित समुदायको उत्थान हुने अध्यक्ष विश्वकर्माले बताए ।

साथै उहाले दलित भएर जन्मिनु अपराध नभएको बताउदै अव जातिय विभेदबाट उन्मुक्ति पाउनका लागी अझ ससक्त भएर तिव्र गतिमा आफनो क्षमता र नेतृत्वको विकास गर्नुपर्ने अहिलेको आबश्यकता रहेको उहाको भनाई थियो ।

राष्ट्रिय दलित पत्रकार संघ दाङका उपाध्यक्ष लक्ष्मण विश्वकर्माको अध्यक्षता तथा राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो । संघका सदस्य वसन्त परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए ।

अध्यक्षमा परियार

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङको अध्यक्षमा वसन्त परियार चयन हुनुभएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशील परियार दाङको तुलसीपुरमा रहेको रेडियो प्रकृति एफएमका समाचार सम्पादक हुनुहुन्छ । शनिबार संघको घोराहीमा सम्पन्न तेस्रो अधिवेसनले परियारको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको वरिष्ठ पाध्यक्षमा गिरिराज नेपाली, उपाध्यक्षमा प्रिया स्मृती गजमेर, सचिबमा अर्जुन परियार, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली र सहसचिवमा देबका परियार चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा तेज बहादुर परियार, हेमराज परियार,अस्मिता परियार,डोमा परियार,मदन बिक,सुहाना सुनार,सुष्मा नेपाली, प्रकाश परियार, कृष्ण बहादुर बिक,तारा विश्वकर्मा,हिमाल बिश्वकर्मा लगायतका सदस्यमा चयन हुनुभएको छ ।

तपाईंको प्रतिक्रिया