राप्ती नदिमा डुबेर एक जनाको मृत्यु

 फागुन १७, २०७७

देउखुरी ।
राप्ती नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ तालगैरा निवासी ३८ वर्षिय टेकबहादुर चौधरीको राप्ती नदि तर्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

आज दिउँसो तिन बजे तिर राप्ती नदि तर्ने क्रममा चौधरीको मृत्यु भएको हो । चौधरीको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया