चीनले नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने

 फागुन १७, २०७७

काठमाडौं ।

चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो । यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीनको प्रतिवद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ ।

सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ ।फागुन २३ देखि नेपालमा ५५ वर्षमाथिका नागरिकले खोप लगाउँदैछन् ।

तपाईंको प्रतिक्रिया