भारतमा २४ घण्टामा ८० जनाको मृत्यु

 फागुन १८, २०७७

काठमाडौ ।

भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ५६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख २३ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार २७५ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ९६ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६९ हजार ७८६ छ ।

तपाईंको प्रतिक्रिया