ऋषिश्वरको नाममा विश्व कीर्तिमान

 फागुन १९, २०७७

तुलसीपुर ।

तुलसीपुर ३ रानागाउँका ऋषिश्वर परियारले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । २९ बर्षीय परियारले Most Jumping Jacks in one Minute बिधामा विश्व कीर्तिमान कायम गरेका हुन । सन २०२० को जनवरी ३१ तारिकमा परियारले आवेदन अप्लाई गरेका थिए । तुलसीपुरको अरनिको मैदानमा कार्यक्रम गरि परियारले एक मिनेटमा १२३ पटक पिटी जस्तै गरि खेलिने हात खुट्टा दुबै संगै चलाउने अभ्यास गरेको भिडियो विश्व रेकर्डको कार्यालयमा पठाएका थिए ।

त्यो भिडियो अबलोकन पछि जिनियस वर्ड रेकर्डले ऋषिश्वरलाई बिश्व कीर्तिमान दिएको हो । परियारको नाममा यो रेकर्ड केही दिन अगाडि नै घोषणा भएपनि त्यसको सूचना मंगलबार मात्रै आफुले पाएको उनले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया