ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट हुने

 फागुन १९, २०७७


लक्ष्मण बस्नेत , तुलसीपुर ।
दाङको तुलसीपुरमा ईन्टर रोटरी ( रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ हुने भएको छ ।
रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि फागुन २१ र २२ गते तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा हुुनेछ । आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहने प्रतियोगिता का संयोजक रुपेश शर्मा ले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्मा ले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ वेस्ट प्लेयर हुने खेलाडी लाई पुरस्कृत गरिनेछ ।

फागुन २२ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ। यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजक ले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया