आगलागिबाट एक बृद्धको मृत्यु

 फागुन १९, २०७७

शुसिला बुढा मगर,प्युठान ।
प्युठानमा आगलागिमा परि एक बृद्धको मृत्यु भएको छ । जिल्लाको ऐरावती गाउँपालिका १ सल्लिकोटमा एक घरमा भएको आगोलागीमा परेर एक बृद्धको मृत्यू भएको छ । आफ्नै घरमा बिद्युत सर्ट भई आगो लागेपछि सामान बचाउन खोज्दा ८० बर्षिय आइत सिङबिरकट्टाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

आज बिहान ७ बजे भएको आगलागिबाट घर गोठ पनि जलेर नष्ट भएको छ ।

तपाईंको प्रतिक्रिया