दोभान बजारको आगलागीमा ४० करोड बराबरको क्षति

 फागुन २०, २०७७

ताप्लेजुङ ।

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।

आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढि नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए ।

आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न समय लागेको हो । आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले बुधबार मध्यरातमा मात्र क्षतिको विवरण तयार गरेको हो । मङ्गलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।

तपाईंको प्रतिक्रिया