सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

 फागुन २०, २०७७

काठमाडौं ।

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको थियो । आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको प्रतितोला भाउ बिहीबार १२८५ रुपैयाँ तोकिएको छ ।

तपाईंको प्रतिक्रिया