२४ घण्टामा १०७ जनामा काेराेना सङ्क्रमण

 फागुन २०, २०७७

काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा देशभर एक सय सात जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार पाँच सय ३६ जनाको पीसीआर परीक्षण गर्दा एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार चार सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६ सय ८३ पुगेको छ । सङ्क्रमितमध्ये तीन हजार १० जनाको ज्यान गएको छ भने सात सय ९५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया