हात्ती ढुङ्गाको प्रचार प्रसार गर्न महोत्सव

 फागुन २१, २०७७

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १४ मा रहेको हात्ती ढुङ्गाको प्रचार प्रसारका लागि किवानिज कल्व अफ राप्तीले शिव महोत्सवको आयोजना गर्ने भएको छ । हात्तीढुङ्गा भएको स्थलमा महोत्सवको आयोजना गरिने कल्वका अध्यक्ष बिमल पोख्रेल (जेठु) ले जानकारी दिनुभयो ।

कल्वले तुलसीपुरमा पत्रकार सम्मेलनको अयोजना गरेर यस्तो जानकारी दिएको हो । ऐतिहासीक धरोहरका रुपमा रहेको हात्ती ढुङ्गाको उत्पति, यसको धार्मिक महत्व विश्वभर फैलाउनुका साथै यसको संरक्षण र सम्वद्र्धनका लागि वृहत धार्मिक शिव महोत्सवको आयोजना गरिएको कल्वका संरक्षक जागेश्वर वलीले जानकारी दिनुभयो । यसै बिच महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सव हात्तिढुङ्गा सरंक्षण समिति, तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका–१४ नम्बर वडाको समन्वयमा हुन लागेको हो ।

पत्रकार सम्मेलनको सहजीकरण प्रेस संयोजक राकेश बस्नेतले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया