आगलागी हुँदा फर्निचर उद्योग जलेर नष्ट

 फागुन २२, २०७७

भरतपुर ।

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी हुँदा जलेर नष्ट भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो। आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए।

विद्युत् लाइन सट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।

तपाईंको प्रतिक्रिया