यी हुन पोखरेलको नजरमा प्रधानमन्त्रीले गरेका २० काम

 फागुन २२, २०७७

काठमाठौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दुरगामी महत्वका काम गरेको दाबी गरेका छन्।

सामाजिक सञ्चाल फेसवुकमार्फत पोखरेलले ओलीले गरेका विभिन्न १९ कामको सूची सार्वजनिक गरेका छन्। त्यही हुँदाहुँदै पनि ओली यतिबेला चौतर्फी घेराबन्दीका परेको उनको भनाइ छ।

यी हुन् पोखरेलका नजरमा प्रम ओलीका असाधारण र दुरगामी महत्वका १९ काम :

–विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण,
–जातीय क्षेत्रीय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,
–भारतीय नाकाबन्दीको सामना र सफलता,
–चीननसँगको ऐतिहासिक पारवाहन सम्झौताबाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण,
–नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकप्रियतामा वृद्धि,
–सफल चुनावी गठबन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,
–भारत र चीनसंगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास,
–अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,
–सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमति,
–पूर्वधार विकासमा तीव्रता,
–रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी,
–सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,
–विप्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,
–छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण,
–तराई मधेसको विकासमा तीव्रता,
–प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,
–सडक मानवरहीत अभियानको नेतृत्व,
–स्वास्थ पुर्वाधार विकासमा क्रान्ति,
–कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदि।

तपाईंको प्रतिक्रिया