शितलपुरमा लाग्ने शिवरात्री मेलाको तयारी

 फागुन २२, २०७७

शितलपुर ।
दक्षिण दाङको चर्चित धार्मिक स्थाल शितलपुर शिद्धश्वर शिव मन्दिरमा शिवरात्री मेला लाग्ने भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गिरीको अध्यक्षतामा आज सम्पन्न बैठकले शिवरात्रीका अवसरमा भक्तजनलाई पुजा गर्न सहज बनाउन र मेला व्यवस्थापन गर्न विभिन्न उप समिति समेत गठन गरिएको छ । बैठकले तिलकराम रेग्मिको संयोजकत्वमा अथिति सत्कार तथा टिका व्यवस्थापन उप समिति, दामोदर गिरीको संयोजकत्वमा बजार व्यवस्थापन उप समिति गठन गरेको छ ।

त्यसैगरी उत्तम कुमार न्यौपानेको संयोजकत्वमा प्रसाद व्यवस्थापन उप समिति, देविराम कुसारीको संयोजकत्वमा संचार उपसिमिति, पुर्णकुमारी थापा भण्डारीको संयोजकत्वमा सरसफाई व्यवस्थापन उप समिति, डिल्लिबहादुर बस्नेतको संयोजकत्वमा आर्थिक व्यवस्थापन उप समिति, जागेश्वर भण्डारीको संयोजकत्वमा भजन व्यवस्थापन, नारायण प्रसाद रिजालको संयोजकत्वमा विजुलि वत्ति व्यवस्थापन उप समिति र देवा सुवेदीको संयोजकत्मा भन्सा व्यवस्थापन उप समिति गठन गरेको छ ।

शितलपुर घाटमा सत्य युगमा पाँच पाण्डवहरुले स्नान गरी धुपदिप गरी पुजापाठ गरेको किम्बदन्ति रहेको छ ।

तपाईंको प्रतिक्रिया