ईन्टर रोटरी-रोट्रयाक्ट फुटसलको उपाधी तिनाउ सिटिलाई

 फागुन २२, २०७७

लक्ष्मण बस्नेत , तुलसीपुर ।
दाङको तुलसीपुरमा संचालित ईन्टर रोटरी ( रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ उपाधी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटि ले हात पारेको छ । रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा द लेजेण्ड फुटसल ग्राउन्ड मा सनिबार सम्पन्न फाईनल खेलमा रोट्रयाक्ट क्लब तुलसिपुर लाई ३ का विरुद्ध ११ गोल को फराकिलो अन्तर ले पाखा लगाउदै तिनाउ सिटि ले उपाधी हात पारेको हो । उपाधी संगै उसले नगद ३० हजार,तथा ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

फाईनलमा पराजय ब्यहोरेको रोट्रयाक्ट क्लब अफ तुलसिपुर उपबिजेतामा सिमित रहदै नगद १० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो । आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता को समापन समारोह रोटरी क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष नव राज लामिछानेको प्रमुख आतिथ्य मा भएको थियो । सो अबसरमा प्रतियोगिता का बिजेता, उपबिजेता तथा वेस्ट प्लेयर खेलाडी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटिका प्रवेश क्षेत्री लाई कार्यक्रम का प्रमुख अतिथी ले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन रोटरी क्लब अफ तुलसिपुर सिटिका महासचिव देवेन्द्र केसि ले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया