सल्यान कारागारमा रहेका एक कैदीको मृत्यु

 फागुन २२, २०७७

सल्यान ।

कारागार कार्यालय सल्यानमा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका सल्यान कपुरकोट गाउँपालिका ५ का ८४ वर्षीय जिब लाल बोहराको मृत्यु भएको हो । फरार बोहरा गएको माघ ८ गते मात्र पक्राउ परेर जेल चलान भएका थिए ।
यहि फागुन १६ गतेबाट उनको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको थियो ।

बोहराको उपचारका क्रममा मृत्यु भएको कारागार कार्यालय सल्यानका जेलर बल बहादुर केसीले जानकारी दिए । बोहराको मुटुले राम्रोसंग काम नगरेकोे स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडिकल अधिकृत डाक्टर भिमकान्त जैशीले बताए ।

तपाईंको प्रतिक्रिया