एसईई परीक्षा जेठ १३ गतेदेखि

 फागुन २५, २०७७

काठमाण्डाै ।

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोनाका कारण ढिला गरी परीक्षा हुन लागेको हो ।

यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । परीक्षासँग सम्बन्धी अन्य जानकारी आउन बाँकी छ । 

तपाईंको प्रतिक्रिया