जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

 फागुन २९, २०७७

काठमाडौँ ।
आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तकको अभाव हुन नदिइने प्रतिबद्धता जनाए ।

यसका लागि कुनै समस्या नरहेको उनले बताए । त्यसका लागि चैत र वैशाख महिनाभित्र पाठ्यपुस्तकको छपाइ पूरा गर्ने केन्द्रको योजना छ ।

तपाईंको प्रतिक्रिया