भारतमा कोरोना संक्रमण दर बढ्दै

 चैत ०५, २०७७

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै सबैभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ महिनादेखि घट्दै गएको संक्रमण दर भारतमा पुन वढ्न थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ को सबैभन्दा धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार ३०२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १८७ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार २५० पुगेको हो । भारतमा हालसम्म १ करोड १० लाख ६१ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।

तपाईंको प्रतिक्रिया