भलिवल प्रतियोगीता सुरु

 चैत ०९, २०७७

तिर्थराज ज्ञवाली, सिसहनिया ।

राप्ती गाउँपालिकाको वडा नं ७ मा भलिवल प्रतियोगीता तथा सास्कृतिक कार्यक्रम सुरु भएको छ ।
वडाको बार्षिक कार्यक्रम अन्तरगत युवा क्वल स्तरिय भलिवल प्रतियोगीता तथा सास्कृतिक कार्यक्रमसुरु गरिएको हो । सोमवार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदले खेलकुद प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

वडा नं ७ का छोट्की सिसहनिया, बड्की सिसहनिया, जगपुर, अर्नाहनपुर, जितपुर, भानपुर गाउँका ८ पुरुष खेलाडि तथा ३ महिला भलिवल टिमको सहभागीता रहेको भलिवल प्रतियोगीता भोलीसम्म चल्ने छ । भलिवल प्रतियोगीताको बिजेता टिमलाई सम्मान गर्ने अवसर पारेर स्थानिय कला, संस्कृति झल्कने सास्कृतिक कार्यक्रम गरिने वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा खेलाडि तथा सास्कृतिक कला कर्मिलाई वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, वडा सदस्य भिमलाल चौधरी, शान्ति चौधरी, टोल विकास सस्था अध्यक्ष रामपति चौधरी लगायतले हौसला बढाउदै खेल तथा स्थानिय कला संस्कृतिको संरक्षण गर्न आग्रह गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया