बन्धक बनाएर बालिका बलात्कार गर्ने दुई जना पक्राउ 

 चैत १०, २०७७


तुलसीपुर । रुकुम पूर्वमा दुई बालिकालाई अपहरण गरी बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । दुई बालिकालाई गाउँबाट अपहरण गरी जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरि कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका वडा नं. ६ सिप्रिदह बस्ने वर्ष २३ को नारायण श्रेष्ठ र वर्ष १४ का अर्का १ जना गरी २ जना रहेकाा छन । कोठा भित्र २ जना बालिकालाई बन्धक बनाई राखी जबरजस्ती करणी गरी राखेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको टाेलिले पक्राउ गरेकाे हाे । उक्त घटनामा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया