इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी

 चैत ११, २०७७

काठमाडौं ।

 इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ । पुणेमा भएको खेलमा भारतले इङ्ल्याण्डलाई जितका लागि ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३१७ रन बनायो ।  विशाल लक्ष्य पछ्याएको इङ्ल्याण्डले ४२ ओभर एक बलमा मात्रै २५१ रन बनाउन सक्यो ।

पहिलो खेल खेलिरहेका तीव्र गतिका बेलर प्रसिद्ध कृष्णले शानदार प्रदर्शन गर्दै ८ ओभर १ बलमा मात्रै ५४ रन दिएर चार विकेट लिए । इङ्ल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए । भारतका लागि सबैभन्दा धेरै रन ओपनर शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाए । यस्तै क्रुणाल पाण्डेयले अविजित ५८ तथा कप्तान विराट कोहलीले ५६ रन बनाए ।

तपाईंको प्रतिक्रिया