लमही–कोइलावास सडकको उद्घाटन

 चैत १८, २०७७

लमही ।
भारत सरकारको आर्थिक अनुदानमा निर्माण सम्पन्न भएको लमही–कोइलावास हुलाकी सडकको बिहीबार उद्घाटन गरिएको छ । भारत सरकारको ६९ करोड लगानीमा ३३.४६ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएको हो । गढवा गाउँपालिकाका वडा नम्बर ८ अध्यक्ष सद्धाम सिद्धिकी र परामर्शदाता एनएचआइडीसिएल नयाँ दिल्लीका इञ्जिनियर बिरेन्द्र मण्डलले हुलाकी सडकको संयुक्तरूपमा उद्घाटन गरेका हुन ।

३० महिनमा सम्पन्न गर्नुपर्ने जिम्मेवारी थियो । कुमार कालिका जेभिले सडक निर्माणको काम सम्पन्न गरेको हो । सन २०१७ देखि २०१९ डिसेम्बर सम्म काम सक्नुपर्ने समय सिमा थियो । पछि सन २०२० मे सम्म समय थपियो । ११ मिटरको चौडा सडक छ । जसमा ७ मिटरको कालोपत्रे रहेको छ । कालोपत्रेको दायाँ बायाँ २.२ मिटर ग्राभेल छ । त्यसपछि नाला बनाइएको छ । गढवा गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य मनमाया गुरुङ, नेपाले कांग्रेसका अब्दुल कुदुश, माओबादी केन्द्रका जय बहादुर बुढा, प्रहरी चौकी कोइलाबासका प्रमुख नन्दराम केसी, भारतीय एसएसबि कोइलाबसका इन्चार्ज लामा सिरिङ्ग, कोइलाबास खानेपानीका अध्यक्ष बिनोद सिङ्ग ठकुरी, मदरसा विद्यालयका अध्यक्ष अब्दुल रसिद सिद्दिकी र समाजसेबी रबि लामा समेतको उपस्थिति रहेको थियो ।

गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।
फोटो प्रिया स्मृती गजमेर

तपाईंको प्रतिक्रिया