तुलसीपुरमा मेलमिलापकर्तालाई तालिम

 चैत २०, २०७७

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालीमा मेलमिलापकर्ताहरुको लागि तालिम सुरु भएको छ । कानुनि मामिला शाखा तथा न्यायिक समितिको आयोजनामा तालिम सुरु भएको हो । गाउँ घरमा झै झगडा तथा विवाद अझ प्रभावकारी रुपमा समाधन गर्नका लागि तालिमको आयोजना गरिएको हो । आज देखी सुरु भएको तालिम पर्सि सम्म सञ्चालन हुने छ ।

हाम्रो समस्या, हाम्रै समाधान मेलमिलाप, भन्ने उद्देश्यले सुचिकृत मेलमिलाप कर्ताहरुको लागि पुर्नताजगि तालिम थालिएको हो । उक्त तालिमको प्रशिक्षकमा प्रोपब्लीकका कार्यकारी निर्देशक बाबुराम पौडेल,कार्यक्रम संयोजक झबिन्द्र अधिकारी रहनुभएको छ । यसैविच, उप प्रमुख माया आचार्यको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको छ । उद्घाटन अवसरमा बोल्ने बत्ताहरुले सामन्य खालका विवादहरु समाधान गरि सभ्य समाज निर्माणमा सबैले ध्यान दिन आवस्यक रहेको बताएका थिए ।

न्यायिक समिती सदस्य जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा न्यायिक समिती सदस्य युमना परियार, प्रशासन प्रमुख विष्णु कुमारी आचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण कानुनी मामिला शाखा प्रमुख आचल बगालेले गर्नुभएको थियो ।।

तपाईंको प्रतिक्रिया