पत्रकार महासंघ कर्णाली प्रदेश सदस्यमा सल्यानका परियार निर्वाचित

 चैत २१, २०७७

सल्यान ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितीको सदस्यमा सल्यानका भिम बहादुर परियार निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रवार सार्वजनिक अन्तिम नामावली अनुसार सल्यानका पत्रकार परियार दलित सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ नेपाल पत्रकार महासंघ सल्यानको निवर्तमान सहसचिव तथा राष्टिय दलित पत्रकार संघ कर्णाली प्रदेश उपाध्यक्ष हुनुहुन्छ ।

यस्तै आदिवासी जनजाती सदस्यमा मन बहादुर घर्ती र अल्पसंख्यक सदस्यमा अकबर खाँ निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा देवीराम देवकोटा र बिष्णु शर्मा गरेर २ जनाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै खुल्ला उपाध्यक्षमा चक्र बहादुर खत्री, नगेन्द्र उपाध्याय र पवित्र शाही गरेर ३ जनाले उम्मेदवारी दिनुभएको छ । यस्तै महिला उपाध्यक्षमा कृष्णमाया उपाध्याय र बिमला खड्का, महासचिवमा तप्त बहादुर मल्ल र खगेन्द्र प्रसाद भट्टराई, खुला सचिवमा आकाश तारा वयक र दिपक बुढा, सचिव समाबेशीमा अशोक राजी र सन्तोष घर्ती तथा कोषाध्यक्षमा गणेश कन्चन भारती र गोविन्द केसीले उम्मेदवारी दिनुभएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुदैँ छ ।

तपाईंको प्रतिक्रिया