ब्यवसायीको हितमा काम गर्नेछु: अध्यक्ष बस्नेत

 चैत २१, २०७७

तुलसीपुर ।

दाङको नारायणपुर उद्योग बाणिज्य संघमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष महेन्द्र कुमार दाहालको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यमा सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराईएको थियो ।

संघको आठौ अधिबेशनबाट नव निर्वाचित अध्यक्ष अभियान बस्नेत सहित १५ सदस्यीय कार्यसमितिले पदभार ग्रहण गरेका हुन । यसैविच, जनमुखी खबर संग कुराकानि गर्दै अध्यक्ष बस्नेतले ब्यवसायीको हक हितको लागि प्रतिबद्ध भई अघि बढ्ने बताउनुभएको छ ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया