संविधान पूर्ण छैन: प्रचण्ड

 चैत २१, २०७७

तुलसीपुर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान पूर्ण नभएको बताउनु भएको छ । कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताउनुभएको छ । आफू पनि संविधानमा पूर्ण समर्थन नभए पनि अहिलको संविधानमा धेरै महत्वपूर्ण विषय भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

संविधान पूर्ण छैन, मधेशी, दलित, महिला, जनजातीको अधिकारको विषय जति उल्लेख गरिनुपथ्र्यो , त्यति गरिएको छैन, प्रचण्डले भन्नुभयो । कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमन विरोधीहरू एक हुन आह्वान गर्नुभएको छ । प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी पनि गर्नुभएको छ ।

नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको पनि उहाँले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया