महासंघ निर्वाचन: आज जिल्लाको मनोनयन

 चैत २२, २०७७

तुलसीपुर ।
नेपाल पत्रकार महासंघको निर्वाचनको लागि आज जिललाको मनोनय हुदै छ । चैत २५ गते हुने निर्वाचनको लागि केन्द्र,प्रदेशमा मनोनयन भैसकेको छ भने आज सबै जिल्लामा मनोननय दर्ताको तालिका रहेको छ । यसैक्रममा दाङमा पनि पत्रकारको चुनाबी सरगर्मी बढेका छ ।

जिल्लामा अध्यक्षमा दुर्गालाल केसी र लक्ष्मी आचार्य बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । केसीलाई प्रेस चौतारी नेपालले अघि सारेको छ भने प्रेस संगठन, प्रेस युनियनलगायतका संगठनको समीकरणबाट लक्ष्मी आचार्यलाई अध्यक्ष बनाउने हिजो मात्रै सहमति भएको छ ।

यद्यपी यी दुबै प्यानलले अन्य पदमा उम्मेदवारको टुगो लागेको छैन । दाङमा जम्मा २ सय ७७ मतदाता हुन् ।

तपाईंको प्रतिक्रिया