लमही-घोराही सडकखण्ड आजदेखि पाँच दिन बन्द हुने

 चैत २२, २०७७

दाङ ।

दाङको सदरमुकाम घोराही प्रवेश गर्ने मुख्य सडक लमही-घोराही सडकखण्ड आजदेखि पाँच दिन बन्द गरिएको छ। जीर्ण सडक मर्मत सम्भारका लागि पाँच दिनसम्म बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले सूचना निकालेर जनाएको छ ।

सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ ।तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । लमही-घोराही सडकखण्ड बन्द भएपछि तुलसीपुर-अमेलिया भएर गाडीहरु चल्नेछन् ।

पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया