कोरोना संक्रमणको हटस्पट बन्यो भारत

 चैत २२, २०७७

काठमाडौं ।

भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन । शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो ।

यदि कोरोना संक्रमणका नयाँ मामिलाको दैनिक संख्यालाई आधार मान्ने हो भने शुक्रबार पछि भारतले अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ । शुक्रबार अघि ब्राजिलमात्रै भारतभन्दा पछाडि थियो । त्यसदिन भारतमा कोरोनाका ६९ हजार संक्रमित पुष्टि भएको थियो र ब्राजिलमा करिब ७२ हजार नयाँ मामिला दर्ता गरिएको थियो ।

तर शनिबार भारतले दुबै देशलाई पछि पारेको छ । भारतमा कोरोना संक्रमणको नयाँ मामिलाको सातदिनको जुन औसत निस्किएको छ, त्यो पनि संसारमा सर्वाधिक छ ।

तपाईंको प्रतिक्रिया