देउखुरी क्षेत्रमा अवैध उत्खनन् बढ्यो

 चैत २३, २०७७

तुलसीपुर ।
दाङको देउखुरी क्षेत्रका विभिन्न खोला तथा नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भैरहेको पाईएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वका गएको अनुगमन टोलीले खोला तथा नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाईएको हो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल सहित सुरक्षा निकायका प्रतिनिधि तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको उपस्थिति रहेको थियो ।

राप्ती र गढवा गाउँपालिकाका विभिन्न खोला तथा नदीमा गरिएको अनुगमनका क्रममा निषेधित गरेको क्षेत्रमा जथाभावी उत्खनन गरेको र खोलाहरुमा ठुला ठुला खाडलहरु भएको अवस्थामा आफुहरुले फेला पारेको समन्वय समितिका प्रमुख नेपालीले जानकारी दिनु भएको छ ।

रोक लगाईएको क्षेत्रमा समेत मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन भएको पाईएको उहाले बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया