पाल्पामा जीप दुर्घटना, दुईजनाको मृत्यु

 चैत २४, २०७७

पाल्पा ।

पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुईजनाको मृत्य भएको छ । गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको युनाईटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया