विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा

 चैत २४, २०७७

काठमाडौं ।

केही दिन बिस्तारै कम हुँदै गएको नेपालको वायु प्रदूषण सोमबारदेखि फेरी बढेको छ । पछिल्लो विवरण अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको हो । प्रदूषणका कारण घाम नलाग्ने, चिसो हुने, नाक पोल्नेजस्ता असर समेत देखिएका छन् । नेपालका अधिकांश वनमा लागेको डढेलोका कारण प्रदूषण बढेको बताइएको छ ।

डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुको भनाइ छ । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ । बिहान ६ः३० मा वायु प्रदूषणको गुणस्तरको सूचक २९६ नम्बरका साथ काठमाडौं पहिलो नम्बरमा छ । यो मानवका लागि अत्यन्त अस्वस्थकर वायुको गुणस्तर हो ।

काठमाडौँपछि अहिले क्रमशः भारतको दिल्ली, बंगलादेशको ढाका, चिनको सेङयाङ, भियतनामको हनोइ प्रदूषषित सहरको सुचीमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया